दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप दुई जना पक्राउ

akraman
सुदूर प्रेस संवाददाता

धनगढी–दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो। उनीहरुलाई भजनी नगरपालिकाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। यस अघि चार जना पक्राउ परिसकेका छन । घटनामा संलग्न फरार अन्य ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दोषिलाइ पक्राउ गरी कार्बाही गर्न माग गर्दै सञ्चारकर्मीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन । 

प्रकाशित:
२०७७ असोज , ०५:१३
SPA
KN
Priya Gahana Pasal