धनगढी– सुदुरपश्चिम सहित आज पनि देशका धेरै ठाउँमा पानी परेको छ । अहिले धनगढीमा सामान्य वर्षा जारी छ । वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी परिरहेको पनि उहाँले बताउनुभयो । दिउँसोको समयमा पनि वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज देशका अन्य क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । मनसुनी प्रणाली सक्रिय भएका कारण अहिले काठमाण्डौ उपत्यकालगायत देशका सबैजसो ठाउँमा मौसम बद्ली भएको छ । मनसुन सक्रिय रहेकाले एकरदुई दिन देशभरको मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन् ।