बाजुरामा उत्पादित स्याउ धनगढीमा

apple

धनगढी–बिकट पहाडी जिल्ला बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ। मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत यस वर्ष पहिलो चरणमा जहाजमार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्‍याइएको हो। धनगढी चौराहाको बाणिज्य बैंक  नजीक स्याउ बिक्रिका लागी राखिएको छ ।  हेर्दा राम्रो नदेखिए पनि बाजुराको स्याउ खाँदा भने स्वादिलो छ। स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ।  स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढीसम्म हवाई जहाजमार्फत ल्याइएको छ। सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ।  समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताउनुभयो। विभिन्न ठाउँमा भरिया, ट्याक्टर, जहाजबाट ढुवानी गर्नुपर्दा लागत बढेको उहाँको भनाई छ।   ‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो’ भन्‍ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ।  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडामा व्यवसायीक स्याउ खेती हुँदै आएको छ।

Image may contain: food, text that says ""जसुले एक पटक खायो, उसले स्वाद थाहा पायो" बाजुराको अर्गानिक स्याउ अव हाम्रै शहर धनगढीमा स्याउ पाइने स्थान: हिमाली होटेल एण्ड लज, चौराहा, धनगढी सम्पर्क व्यक्ति: सुरेन्द्र बहादुर थापा, मोवाइल नं.: एて४८६७१७५३० बजारीकरण सहयोग, प्रब्दन तथा दुवानी अनुदान: कृषि ज्ञान केन्द्र. बाजुरा मख्यमन्त्री एकिकृत कषि तथा पशुपन्दी विकास कार्यक्रम, स्वामिकार्तिक खापर गाउँपालिका (स्याउ)"

 

Image may contain: fruit and foodImage may contain: 1 person, fruit, outdoor and food

प्रकाशित:
2020/09/19, 9:12