प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न

डा.लक्ष्मीराज पण्डितको अध्यक्षतामा प्रदेश कार्य समिति गठन
meeting
सुदूर प्रेस संवाददाता

धनगढी–प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन डा.लक्ष्मीराज पण्डितको अध्यक्षतामा १४ सदस्यीय प्रदेश स्तरीय नयाँ कार्य समिति गठन गर्दै शनिवार सम्पन्न भएको छ ।    सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रममा  समाजका केन्द्रीय अध्यक्ष डा.केदारनरसिंह के.सी. प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि के.सी. ले वर्तमान सरकारले संघीय लोकतान्त्रिक संविधानलाई अक्षरशः पालना गर्नु पर्ने, प्रजातान्त्रिक पार्टीभित्रको अन्तर्द्वन्द्वअन्त्य हुनु पर्ने, प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा आएर लोकतान्त्रिक मूल्यमान्यता तथा विधि एवं पद्धतिको संरक्षण गर्नु पर्ने र आगामी दिनमा प्रजातान्त्रिक विचार समाजले आफ्ना गतिविधिहरू सशक्त रुपमा अघि बढाउने धारणा ब्यक्त गरे ।  

कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, केन्द्रीय उपाध्यक्ष द्वय डा. ईश्वरी लौडारी र डा. विमला शाक्य, महासचिव गोकर्ण अर्याल, सचिव डा. वासुदेव भण्डारी, केन्द्रीय सदस्य द्वय सि.बि. मल्ल र डा. वीर ब. कार्की, प्रदेश नं.– १ का अध्यक्ष बद्री तामाङ, प्रदेश– २ का अध्यक्ष चुन्नीशरण यादव, बाग्मती प्रदेश अध्यक्ष भरत प्र. दुवाडी, प्रदेश– ५ का अध्यक्ष शंकरदिवस मझगैयाँ, कर्णाली प्रदेश अध्यक्ष ध्रुव ब. मल्ल एवं सुदूरपश्चिम प्रदेश सल्लाहकार प्रा. सुरेन्द्र चन्दले कार्यक्रमको सफलता एवं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

 सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरूले समाजको विधानको अधिनमा रही केन्द्र र प्रदेशको निर्देशनबमोजिम समाजका गतिविधिहरू आ–आफ्नो जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

 त्यस्तै अधिवेशनमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, केन्द्रीय सदस्य, प्रदेश अध्यक्षहरू, विभिन्न जिल्लाका जिल्ला अध्यक्ष एवं पदाधिकारी तथा सल्लाहकारहरूको सहभागिता गरिएको थियो ।  जुमद्वारा गरीएको कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश संयोजक प्राध्यापक डा. अक्कलदेव मिश्रले गरेका थिए । 

 भेलाले डा.लक्ष्मीराज पण्डितको अध्यक्षतमा सुदूरपश्चिम प्रदेश कार्य समिती गठन गरेको छ ।

यस्तो छ कार्यसमिती

अध्यक्ष ः –डा.लक्ष्मीराज पण्डित

सचिव ः –वेदप्रसाद जोशी (कैलाली, अध्यक्ष)

कोषाध्यक्ष ः –श्याम सिंह मौनी

सदस्य (पदेन) ः –दुर्गादत्त भट्ट (दार्चुला), मान ब. चन्द(बैतडी), दयाराम पण्डित(बाजुरा), मोहनराज उपाध्याय(बझाङ), शंकर ब. रावल(अछाम), टीकाराम फुलारा(डोटी), पुष्पराज जोशी(डडेल्धुरा), भोजराज जोशी(कञ्चनपुर)

सदस्य(मनोनित) ः –प्रा. यज्ञराज पाठक, लालमणि पाण्डेय, टेकराज जोशी

सल्लाहकार ः– प्रा. सुरेन्द्र चन्द, डा. भोजराज पन्त, प्रा. धर्मदेव भट्ट 

            

  

प्रकाशित:
2020/09/19, 8:32