अछामको साँफेबगरमा एक बालकको हत्या

Hataya

अछाम– अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटमा एक बालकको हत्या भएको छ । वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताउनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिनुभयो  । पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा ल्याइएको छ ।

यस्तै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार बालकको मुख र टाउकोमा चोट लागेको छ । मृतक बालकका बुवाको ८ वर्ष अघि निधन भएको थियो ।

प्रकाशित:
2020/09/19, 8:47