यस बर्षको मदन पुरस्कार 'महारानी' लाई

जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई
prize

काठमाडौं– वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।
यस्तै वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ । विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीत योगदान पुर्‍याएको भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिइने निर्णय भएको हो । 

प्रकाशित:
2020/09/20, 4:05