अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आशङ्कामा एक महिला पक्राउ

Trupm

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ । विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् । 


तर ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी दिइएको छैनन् । ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्सासमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ । 

अमेरिकी कानुन प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् । 

अमेरिकी अभियोजनकर्ताहरुले ती महिलामाथि आरोप लगाउने आशा गरिएको छ । 

कानुन प्रवर्तन अधिकारीहरुका अनुसार गएको हप्ता ट्रम्पलाई पठाइएको रिसिनसहितको प्याकेजलाई रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यसअघि भनेको थियो । त्यो पत्र क्यानडाबाट आएको सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । 

अमेरिकी अधिकारीहरुले यो घटनामा पोस्टल सिस्टमको प्रयोग गरिएको बताएका छन् ।  

वाशिङ्टनको ज्वाइन्ट टेररिज्म टास्क फोर्सलाई यो घटनाको अनुसन्धानको अधिकार दिइएको छ । यसमा न्युयोर्क प्रहरीको विशेष युनिटले यो अनुसन्धान एजेन्सीलाई मद्दत गर्नेछ ।  

प्रकाशित:
2020/09/21, 1:44