कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाँउपालिका– ४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरूले नियन्त्रणमा लिई सोमवार साँझ भारत तर्फ लगेका छन्। गाँउपालिकाको वडा नं ५ नजिकको खल्लाबाट माछा मार्दै गरेका बेला चारै जनालाई भारतीयहरूले नियन्त्रणमा लिएका हुन्। सीमा स्तम्भ नम्बर ७८५र२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका वर्ष २६ का बिरेन्द्र खत्री, वर्ष २५ का भोजराज रोकाया, वर्ष ३२ का मान बहादुर सुनार र वर्ष ४० का पदम सुनारलाई भारतीय दुई जना व्यक्तिले नियन्त्रणमा लिई भारततर्फ लगेका छन्।नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग भारतीय पक्षले जनही २० हजार रुपैयाँ फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९विओपी० बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। उनका अनुसार विओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गंगादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले नेपाली छुटाउन भारतीय एसएसबीको टाटरगंजसँग समन्वय गरिरहेको छ। भारतीयहरूले नियन्त्रणमा लिएका व्यक्तिको खोजी भैरहेको उपरीक्षक ऐरले बताए। यसैगरी, पुर्नवास नगरपालिका ८ मोतियाफाँटाबाट भारतको जंगलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका वर्ष ३५ का डम्बरे सुनारलाई भारतीय वन रक्षकले हिजो साँझ नै सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ। डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमा स्तम्भ नम्बर ७६६र७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जानकारी गराएका छन्।
प्रतिव्यक्ति २० हजार रुपैयाँ फिरौती माग