धनगढी– सामाजिक अभियन्ता जागृति बोगटीको अध्यक्षतामा मेची–महाकाली बुहारी संयुक्त आवाज गठन गरिएको छ । संस्थाको उपाध्यक्षमा दुर्गा मल्ल,सचिवमा राधिका खड्का धामी,सह–सचिवमा विन्दु बोगटी र कोषाध्यक्षमा आशा कुमारी चौधरी चयन भएका छन् भने बाकी ८ जना सदस्य छन् ।
महिला तथा बालबालिका विरुद्धको हाम्रो अभियान भन्ने मूल नाराका साथ महिलाहरूको मानवअधिकार,सामाजिक न्याय,समानता,अर्थपूर्ण समान सहभागिता र अधिकारका लागि संस्था गठन गरिएको अध्यक्ष बोगटीले बताइन ।