सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एकरएक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षणगरिएको जानकारी दिए। 

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक÷एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको बताए। 

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ।

प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १८ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोेर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ। संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ भने पाँच हजार नौँ सय जनाले कोरोना जितेका छन्।

प्रकाशित:
2020/09/25, 7:55
SPA
KN
Priya Gahana Pasal