धनगढी–सुदूरपश्चिमका थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको परीक्षण गरिएकोमा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। कैलालीका ५४, कञ्चनपुरका १३ र अछामका एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । त्यस्तै धनगढीका ३७ जनामा पनि कोरोना पुष्टि भएको छ।
धनगढीको वडा नम्बर १ का– ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ३ का चार जना र वडा नम्बर ४ का तीन जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का तीन जना, वडा नम्बर ७ का एक जना, वडा नम्बर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो। योसङै धनगढीमा सङ्क्रमितको सङ्ख्या पाँच सय ७२ पुगेको छ।
उता गोदावरी नगरपालिकाका ६ जना, भज नि नगरपालिका वडा नम्बर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा सङ्क्रमण पुष्टि भएको छ।