सुदूरपश्चिम प्रदेशमा शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

कैलालीमा मात्रै ५४ जना थपिए
Corona Update

धनगढी–सबै तिर भिडभाड र मानिसहरूको चहल पहल बढेपछि सुदुरपश्च्मि प्रदेशमा कोरोना भाइरस सङ्क्रमण वढदै गएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लमा  शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोग शालामा चार सय ५० जनाको परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको कोरोना परीक्षण गरिएकोमा ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । चार जनाको परीक्षण भएकोमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएका सङ्क्रमित मध्ये कैलालीका ५४, कञ्चनपुरका १३ र अछामका एक जनामा छन् ।  धनगढी उप–महानगर पालिकाका मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ। 

धनगढीको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ३ का चार जना र वडा नम्बर ४ का तीन जनामा सङ्क्रमण भएको हो ।  यस्तै वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का तीन जना, वडा नम्बर ७ का एक जना, वडा नम्बर ८ का पाँच जना र वडा नखुलेका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । धनगढीमा कुल सङ्क्रमितको सङ्ख्या पाँच सय ७२ पुगेको छ ।

उता गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिका वडा नम्बर ४ का चार जना, बर्दगोरीयाका ५ जना र घोडाघोडीका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।  कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना, भीमदत्त नगरपालिकाका तीन जना, शुक्लाफाँटाका एक जना, बेलौरीका चार जना, बेल डाँडीका तीन जना, मंगलसेन अछामका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  डोटीका १५ र अछामका १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । डोटीको सायल गाउँपालिका र अछामको मंगलसेन नगरपालिकाका २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा एक सय एक सय २५ जनाको कोरोना परीक्षण गरिएको थियो । आज ९७ जनामा सङ्क्रमण पुष्टि भएसङै प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार दुई सय नाघेको छ। सङ्क्रमण पुष्टि भएका पाँच हजार नौँ सय सङ्क्रमण मुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ। 

 

प्रकाशित:
2020/09/26, 8:10