कैलाली–४१ औँ सामाजिक सेवा दिवसको अवसरमा फाया नेपालले भजनी नगरपालिकाको समन्वय र डिसिएको सहकार्यमा भजनी नगरपालिका भित्रका बाढीका कारण अति प्रभावित भएका वडा नं ८ का काँढाढीक, खल्ला टोल, सोनाफाँटा, कृष्णनगरका ३४४ घरधुरी बाढीपीडितहरुलाई खाद्यान्न तथा आवास मर्मतका लागी प्रतिव्यक्ति ९ सयका दरले नगद राहत सहयोग हस्तान्तरण गरेको छ । उक्त रकम भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरी तथा नगर उपप्रमुख छाया देवकोटाले बाढी प्रभावितहरुलाई सयूक्त रुपमा हस्तान्तरण गर्नुभयो ।फाया नेपालले कैलाली वाढी प्रतिकार्य परियोजनाद्वारा गरीएको सहयोग कार्यक्रममा बाढी प्रभावितहरुलाई राहत रकम उपलब्ध गराउन सजिलोहोस भन्नाकालागी चार स्थानबाट आईएमईको व्यवस्थापन गरिएको छ । उक्त रकम प्राप्त गर्न भजनीको २ स्थान र टीकापुर नगरपालिकाको २ स्थानबाट प्राप्त गर्न सकीने कुरा फाया नेपालका अनुगमन तथा अभिलेख संयोजक शेर बहादुर बस्नेतले जानकारी दिनुभयो । उक्त कार्यक्रममा फाया नेपालका जनसम्पर्क संयोजक धनपति ढुंगेल लगायतको सभागीता रहेको थियो ।
आजको मिति