अछाममा भारतबाट आएका एकजना कोरोना संक्रमितको  मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

अछाम – अछाममा एकजना कोरोना संक्रमितको  मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २० पुगेको छ।

प्रकाशित:
2020/09/27, 5:28