धनगढी–भारतबाट भन्सार छलेर ल्याइएको साढे ७ लाख मूल्य बराबरबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बि ओपी बंगराकटानको गस्ती टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर– ९ को गौरी कटान इलाकाबाट सात लाख ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । सशस्त्र प्रहरी बल नम्बर ३४ हेड क्वाटर कैलालीले धनगढीबाट अवैध रूपमा ल्याउँदै गरेका लेडिज लेहगां, सुट पिस, कुर्ती र साडी लगायतका लेडिज कपडा बरामद गरिएको जनाएको छ। यस्तै सशस्त्र प्रहरी बल नम्बर ३४ कै मातहतको बिओपीबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नम्बर– ३ को ग्रोबेला घाटबाट थप ६४ हजार ६ सय ५० रुपैयाँ बराबरको भन्सार छलीको सामान पनि बरामद गरिएको छ। बरामद गरिएका सबै सामान भन्सार कार्यालय कैलालीलाई बुझाएको छ।
आजको मिति