मानवअधिकार संरक्षण मंचद्वारा बझाङ हत्याकाण्डका दोषीलाई  कडा कारवाहीको माग

hatya
सुदूर प्रेस संवाददाता

धनगढी–मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरीएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशी र प्रदेश सचिव राजेन्द्र रैकाले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दे बलात्कार पछि विभत्स हत्या भएको खबरले मासमलाई अत्यन्तै दुखीत स्तब्ध बनाएको जनाएको छ । विभिन्न संचार माध्यम र सरोकारवाला निकायहरुबाट सार्वजनिक गरिएको घटना विवरण अनुसार २०७७ असोज ७ गते आफ्नो घरवाट दिउँसो गाईवस्तुलाई घाँसपात दिनका लागि गोठतिर गएकी सम्झना कामी अबेर राती सम्म घर नआएपछि उनको खोजी गर्दा शिवमाडु मन्दिरको भित्र बलात्कार गरी  विभत्स हत्या गरिएको अवस्थामा राती ८ बजेतिर फेला परेकी थिईन । 
मासमले उक्त घट्नाको घोर भत्सर्ना गर्दै सत्यतथ्य छानवीन गरी दोषीलाई कडा भन्दा कडा कार्वाहीको गर्न र बालबालिकाको भय रहित बातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न र वर्तमान अवस्थामा देशव्यापी रुपमा बढ्दै गएको हत्या,हिँसा र बलात्कार घटना प्रति गम्भीर भई शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार र सम्वन्धित निकायसंग जोडदार माग गरेको छ ।

No description available.

प्रकाशित:
2020/09/27, 12:49
SPA
KN
Priya Gahana Pasal