धनगढीबाट ७५ हजार नगदसहित नौँ जना जुवाडे पक्राउ

Juwade pakrau

धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुई गड्डी तास सहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भईरहेको जानकारी दिए।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ ३४ वर्षीय राम बहादुर ऐर, भिमदत नगरपालीका वडा नम्बर ६ का  ४३  वर्षीय जनक राज जोशी, बझाङको केदारस्यु गाउँपालीका वडा नम्बर ४ का  ३३ वर्षीय नरेन्द्र मल्ल,   २८ वर्षीय  मिलन भण्डारी, धनगढी उपमहानगरपालीका वडा नम्बर २ का  ४० वर्षीय पवन भाट  रहेका छन्।

यस्तै सोही ठाउँकी २७ वर्षीया नितु चन्द, ३८ वर्षीय दिल बहादुर सिंह , ३८ कै शेर बहादुर साउँद र चुरे गाउँपालीका वडा नम्बर ३ का ३८ वर्षीय नर बहादुर धामी रहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

प्रकाशित:
2020/09/27, 3:00