धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि

Covid

धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

कैलालीको टीकापुर नगरपालिकाका ७ पुरुष र १२ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा सङ्क्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ। 

प्रकाशित:
2020/09/27, 4:19