सुदूरपश्चिम प्रदेशमा आइतबार  ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

सबैभन्दा बढी कैलालीका ४७ जना थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार  ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमित मध्ये सबैभन्दा बढी कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा सङ्क्रमण देखिएको हो । 

यस्तै धनगढी उपमहानगरपालिकाका थप १३ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ। उता बझाङमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मस्टा पाँच महिला र १५ पुरुष गरी २० जना, खप्तड छान्ना गाउँपालिकाका दुई पुरुष, तल कोट गाउँपालिकाका एक पुरुष र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा सङ्क्रमण पुष्टि भएको बताए। प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।

डोटीमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६५ जनाको परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । डोटीको बोगटान फुडशील गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार तिन सय नाघेको छ । सङ्क्रमण पुष्टि भएका पाँच हजार नौ सय मानिस सङ्क्रमण मुक्त भएका  छन् । हाल सम्म प्रदेश भरी २० जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । 

प्रकाशित:
2020/09/27, 8:23
SPA
KN
Priya Gahana Pasal