सुदूरपश्चिममा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको  परीक्षणमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो  । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३३ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  आज कैलाली र कञ्चनपुरका थप ३४ जना संक्रमित भएका छन् । 

सेती प्रादेशिक अस्पतालका  सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीका २६  र कञ्चनपुरका ८ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्ला फाटा नगरपालिका–९ का एक जनामा कोरोना पुष्टि भएको छ । 

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अछामको रामा रोशन गाउँपालिकाका ७ पुरुष र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले बताए । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

 

 

प्रकाशित:
2020/09/28, 3:37
SPA
KN
Priya Gahana Pasal