कुवेतका राष्ट्रप्रमुख शेख सभा अल अहमदको निधन

शेख नवाफ बने नयाँ राष्ट्रप्रमुख
Death

एजेन्सी–कुवेतका राष्ट्रप्रमुख ९ईमिर० शेख सभा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सभा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।

सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सभा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सभा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् । सभा अलको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसक्नुभएको छ ।

शेख नवाफ अल अहमद अल सबाह

शेख नवाफ अल अहमद अल सबाह

प्रकाशित:
2020/09/30, 8:23