नक्कली कागज बनाएर सीमा पार गराउन खोज्ने धनगढीका ३ जना पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–भारत जाने नेपालीको नक्कली कागज तयार पारेर सीमा पार गराउन खोज्ने धनगढीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उप–महानगरपालिका–२ का जयन्द्र स्वाँर र छत्र रावल तथा वडा नम्बर ४ का मानबहादुर विष्टलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 

भारत जाने नेपालीहरूको नक्कली कागजात तयार पारेको सूचनाका आधारमा प्रहरीले हिजो उनीहरूलाई पक्राउ गरिएको उनले बताए । 

उनीहरूलाई सार्वजनिक हित विरुदको कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
२०७७ असोज १५, ०७:०१
SPA
KN
Priya Gahana Pasal