सेल्टामाथि बार्सिलोनाको सहज जित

foot ball

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमासथ सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० को हार चखाएको हो ।

एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनको सहज जितमा युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टाेले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले फिलिपे कौटिन्होको पासमा दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए । १५औं मिनेटमा बार्सिलोनाका गोलरक्षक नेटोले ग्याब्रिल भिगाको फ्रिकिकलाई बचाउदै बराबरी टारे ।

३८औं मिनेटमा फाती चुक्दा बार्सिलोनाले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । ४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर, पनि बार्सिलोनाले १० खेलाडीमा खेलेको महसुस हुन दिएन । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजालाई डिफ्लेक्ट हुदै क्लोज रेन्जबाट गोलमा परिणत भएको थियो ।

५५औं मिनेटमा मेस्सीको पासमा फाती चुके । ५९औं मिनेटमा मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड पोजिसनमा देखिएका थिए । ६३औं मिनेटमा मेस्सी पुनः चुके । ७४औं मिनेटमा नोलिटोको प्रहार बारमा लागरे बाहिरिदा सेल्टाले गोल अन्तर कम गर्ने अवसर खेर फाल्यो ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । मेस्सीको प्रहारलाई सेल्टाका गोलरक्षक इभान भिल्लारले बचाएपनि रिवाउन्डमा सर्जी रोबर्टाेको समय लिदै गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । समान ६ अंक भएपनि बार्सिलोनाले गोलअन्तरमा सेभिया, रियल बेटिस, काडिज र ग्रानडालाई पछि पारेको छ । पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

यस्तै ला लिगाको अर्काे खेलमा काडिजले एथ्लेटिको बिल्वाओलाई तथा सेभियाले लेभान्टेलाई समान १–० ले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुलेको छ । सेभियाो जितमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा युसेफ इन नेस्रीले गोल गरे । यस्तै १० खेलाडीमा समेटिएको काडिजले युनाई लोपेजो आत्मघाती गोलबाट जित पाएको थियो ।

प्रकाशित:
2020/10/02, 5:23