डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घट्यो

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत्
oil

धनगढी– नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी  डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रवक्ता उपाध्यायका अनुसार मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

प्रकाशित:
2020/10/02, 5:30