खोलामा बगेर बाजुरामा एकै परिवारका ५ जना बेपत्ता

file photo bajura
सुदूर प्रेस संवाददाता

बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ काे कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली र उहाँका छोरीहरु पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी र एक वर्षीया छोरी किस्मती तथा दुई वर्षीय छोरा सम्मान नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो छोराछोरीसहित खोलामा नुहाउन गएका बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बेपत्ता भएकाहरुकाे खोजी भइरहेको छ ।  

प्रकाशित:
2020/10/02, 6:05