कैलाली र कञ्चनपुरमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीमा २५ जना सङ्क्रमित थपिए
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली र कञ्चनपुरमा आइतबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६ जनाको कोरोना परीक्षण भएकोमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।  आज धनगढीमा  २५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन्।  धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ६ जना, वडा नम्बर २ का सात जना र वडा नम्बर ३ का दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।  धनगढी उप–महानगरपालिका ४ र ५ का एक एक जना, वडा नम्बर ७ का दुई जना वडा नम्बर १५ का चार जना र वडा नखुलेका एक जनामा सङ्क्रमण पुष्टि भएको छ। कैलालीको टीकापुरका दुई जना, गोदावरीका एक जना, कञ्चनपुरको बेदकोटका चार जना, बेलौरीका दुई जना र पुनर्वासका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

No photo description available.

 

प्रकाशित:
2020/10/04, 5:15
SPA
KN
Priya Gahana Pasal