आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

Delhi
सुदूर प्रेस संवाददाता

धनगढी–इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् । आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन खेल जितेको मुम्बई इन्डियन्स ६ अंकका साथ शीर्ष स्थानमा रहँदा समान ६ अंक भएका दिल्ली र बेङ्ग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

आज जित्ने टिम ८ अंकका साथ शीर्ष स्थानमा उक्लनेछ । यसअघि राति भएको खेलमा साविक उप(विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा रहेको छ ।

प्रकाशित:
2020/10/05, 12:41