धनगढीमा खुलेको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड

महँगी र कालोबजारी नियन्त्रण हुने अपेक्षा
saltrading
धनगढीमा खुलेको सुपथ मूल्य पसलमा सामान खरिद गर्दै उपभोक्ता ।
सुदूर प्रेस संवाददाता

धनगढी– दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् । धनगढी मेन रोडमा रहेको साल्ट ट्रडिङको मूल गेटमै रहेको सटरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । चाडबाडका बेला बजारमा हुने महँगी र कालोबजारी नियन्त्रण गरी उपभोक्ता लाई सहुलियत दरमा गुणस्तरीय सामान बेच्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको साल्ट ट्रेडिङ्ग कर्पोरेसन  लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताए । उनका अनुसार सुपथ मूल्य पसलमा चिनी,चामल र नुन का अलावा अन्य सामान हरू पनि उपभोक्ताले बजार मूल्य भन्दा सस्तो र गुणस्तरीय पाउनेछन् ।

supath pasal

सुपथ मूल्य पसलमा चिनीको मूल्य प्रति केजी ७० रुपैयाँमा  र नुन प्रतिकेजी १८ रुपैंयामा बिक्रिबितरण भइरहेको छ । त्यस्तै अरुवा मोटा चामलको बिक्री मूल्य प्रति क्विन्टल ४ हजार ३ सय ५०, सोना स्टिम चामल ५ हजार २ सय र जिरा स्टिम चामल प्रति क्विन्टल ६ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सन्तुर साबुन  लगायत उक्त ब्रान्डका अन्य उत्पादन पनि बजार भन्दा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको साल्ट ट्रडिङ कर्पोरेशनका नायब महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उपभोक्ताको माग बमोजिम छठ पछि पनि अब सुपथ मूल्य पसल लाई निरन्तरता दिइने बताए । 

supath pasal

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । पसल सञ्चालन भए देखिनै उपभोक्ताको भिड लाग्ने गरेको छ । बजार भन्दा सस्तो र राम्रो सामान पाइएपछि आफू सामान खरिदका लागी आएको कैलाली गोदावरीका नवराज जोशीले बताए । बजारमा गुणस्तरीय सामान पनि पाइँदैन महँगो पनि छ –जोशीले भने त्यसैले यहाँ राम्रो पाइन्छ भनेर किन्न आएको हुँ । बजार भन्दा सामान सस्तो पाइएको उनको भनाइ छ । कालोबजारी र महँगी नियन्त्रण गर्न  प्रत्येक पालीका सदरमुकाममा पनि सुपथ मूल्य पसल सञ्चालनका लागी सम्बन्धित निकायलाई उनले  आग्रह गरेका छन् । 

supath pasal

supath pasal

supath pasal

प्रकाशित:
2020/10/05, 1:32