धनगढी–कैलाली र कञ्चनपुरमा आज थप २३ जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोग शालामा गरिएको परीक्षणमा कैलालीका २२ र कञ्चनपुरका १ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । २४ घण्टामा चार सय ७५ जनाको कोरोना परीक्षण भएकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए ।
धनगढी–१ र ३ मा पाँच–पाँच जना पुरुष, धनगढी–५ मा १ जना पुरुष,धनगढी–८ मा २ पुरुष, धनगढी–१६ मा १ पुरुषमा सङ्क्रमण भएको छ । लम्की चुहामा ६ जनामा सङ्क्रमण भएको छ । गोदावरी–१ मा २ जनामा सङ्क्रमण भएको छ । त्यस्तै कञ्चनपुरको बेलौरी –९ मा १ जना २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको छ ।