कोरोना संक्रमणबाट २४ घन्टामा ९ को मृत्यु

Corona Death
सुदूर प्रेस संवाददाता

काठमाडौँ – कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृतकमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ५९ वर्षीया र ६० वर्षीया, ललितपुरका ६७ वर्षीया र नवलपरासीपूर्वका ७७ वर्षीया महिला रहेको बताए । त्यसैगरी पुरुषमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ वर्षीय र ७७ वर्षीय र चितवनका ७० वर्षीय पुरुष रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

प्रकाशित:
2020/10/06, 6:06