सुदूरपश्चिमका थप २४ जनामा कोरोना पुष्टि

कैलालीका १९ जना
Covid
सुदूर प्रेस संवाददाता

धनगढी - धनगढीका १२ सहित कैलाली र कञ्चनपुरका थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ सहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज धनगढी उप–महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २/२ जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित:
२०७७ असोज २२, ०१:४६
SPA
KN
Priya Gahana Pasal