सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

६ हजार ७ सय ३१ जनाले कोरोना जिते,१ हजार ४० जना सक्रिय सङ्क्रमित
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ६ सय ६३ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमित मध्ये ३३ जना कैलालीका छन् । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। धनगढी उपमहानगरपालिकाका २१ जनामा सङ्क्रमण पुष्टि भएको  छ ।

धनगढी –१ का ५ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एक÷एक जना  र वडा नखुलेका ६ जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए। यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ। उता गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक–एक जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा सङ्क्रमण देखिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एक जनामा रहेका छन्। डडेलधुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा सङ्क्रमण पुष्टि भएको छ। ५६ जनाको कोरोना परीक्षण भएकोमा ९ जनालाई सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

केदास्यु गाउँपालिकाका तीन जना, जय पृथ्वी नगरपालिका र मस्टा गाउँपालिकाका दुई÷दुई जना र थलारा गाउँपालिकाका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ।

 डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

डडेलधुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेलधुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एकएक जनामा सङ्क्रमण भएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पताल डोटी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५७ जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।   अछामको तुर्माखाद र बान्नीगढीका दुई दुई र डोटीको केआईसिहका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ८९ पुगेको छ। सङ्क्रमण पुष्टि भएका ६ हजार ७ सय ३१ जनाले कोरोना जितेका छन्  । १ हजार ४० जना सक्रिय सङ्क्रमित छन् । प्रदेशमा सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित:
2020/10/09, 7:31