धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी प्रयोगशालामा मङ्गलवार गरिएको परीक्षणमा  सुदूरपश्चिमका थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५ सय ४८ जनाको परीक्षण गरिएकोमा कैलाली, कञ्चनपुर, दार्चुला र डडेलधुराका गरी ३६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आज धनगढी उपमहानगरपालिकाका २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। वडा नम्बर– १ र ५ का ५र५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । वडा नम्बर– ४, १२, १३ र १५ का दुई दुई जना, त्यसै गरी वडा नम्बर ६ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

कैलालीकै लम्किचुहा नगरपालिका–३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका एक एक जनामा समेत कोरोना पुष्टि भएको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, त्यसै गरी महाकाली नगरपालिका–२,  पुर्नवास नगरपालिका–१ र भीमदत्त नगरपालिका–१८ का एक एक जनामा भाइरसको सङ्क्रमण देखिएको छ। 

दार्चुलाको नौ गाढ गाउँपालिका–२ र डडेलधुराको अजय मेरु गाउँपालिका– १ का एक एक जनामा पनि कोरोना पुष्टि भएको  छ।  

Image may contain: text that says "प्रादेशिक अस्पतालको कोरोनो"ममोड्ाममिCिकVID-19) को उपचार २०७७/०६/२७ गते अपरान्ह बजे सम्मको पछ्िललो विवरण: हालसम्मको संख्या: गरेको संककमित विरामी ३२३ परिक्षण सम्बन्धि आज १६० आाईशोलेशनमा उपचाररत शंकास्पद विरामी प्रयोगशालामा गरेको शंकास्पद संक्रमित घण्टामा कोभिड १९ गरिएको संख्या ४९९१९ हालसम्मको कोभिड १९ नेगेटिभ संख्या ४६२5४ घण्टामा कोभिड सि.नं. ठेगाना पोजेटिभ विरामीहरुको पद्धिल्लो विवरण: हालसम्मको पोजेटिभ संख्या ३६३५ (३४५३ अन्यत्र स्थानको स्याम्पल) केलाली i कैलाली धनगढी कैलाली ३३,३०,२६ जम्मा ५६,३६,३६,२७ कैलाली २७,५६,२३ १६ ५७,३६ ५5,६२ ५० ३५,२५,१६ ३२,३७ कैलाली ३७ ४३ कंचनपुर कंचनपुर कंचनपुर भिमदत्तनगर कंचनपुर नौगाढ दार्चुला अजयमेरु डडेल्धुरा जम्मा ४૧ ७६ ३५,५० १5 ४३ ४૦ ३६ २६ z प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट"No photo description available.

 

प्रकाशित:
2020/10/13, 5:08