अस्ट्रेलियाको ब्रिसवनमा सुदूर पश्चिमेली नेपाली  समाज गठन

अध्यक्षतामा सरोज सिंह ठकुरी चयन
samiti

अस्ट्रेलिया–अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने ब्रिसवनमा सरोज सिंह ठकुरीको अध्यक्षतामा सुदूर पश्चिमेली नेपाली  समाज गठन गरिएको छ ।समाजको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचिवमा सुरेश बोगटी, सचिवमा हेमन्त न्यौपाने, सह–सचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र केसी चयन भएका छन् ।

यस्तै सदस्यमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, केसी सुदेश चौधरी, आसिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन् । स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट समितिको सल्लाहकारमा चयन भएका छन् । 

उक्त समितिले सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति सँग सहकार्य गदै सुदूरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ । समितिले क्विन्सल्याण्ड राज्यभर छरिएका रहेका सुदुरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ । 

यस्तै समितिले गैर राजनैतिक रूपमा मुख्यतः नेपालबाट यस राज्यमा आउन लागेका नयाँ नेपाली विद्यार्थीहरूलाई सुरुवाती दिनमा पर्ने अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने, विभिन्न समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने, भैपरिआउने समस्याहरूमा सहयोग गर्ने, सुदूरपश्चिमको विकासमा आवश्यक सहयोग गर्ने र साथै यस समितिले सुदूरपश्चिममा रहेका गरिब,निमुखा,असायहरुको  सेवा गर्ने र  विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरी सुदूर पश्चिमेली भाषा, कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिएको महासचिव सुरेश बोगटीले जानकारी दिए ।

Image may contain: 11 people, including Nabin Bhatta, सराेज सिंह ठकुरी and Su Race Bogati, people sitting, tree, table and outdoor

 

प्रकाशित:
2020/10/20, 7:51