धनगढी–धनगढीका एक जना ब्यावसायीको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ । नेपाल टेलीकम कार्यालय अगाडीको लाइनमा ब्यावसाय गर्दै आएका अन्दाजी ६० बर्षिय ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उनलाई कोरोना पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागी लखनउ लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ । उनका घरका सबै सदस्य लाइ पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
फाइल तस्बिर