बेल्जियममा लक्षण नभएका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

Corona Update

एजेन्सी–बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ ।

झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर काम गर्न बेल्जियमका १० अस्पतालले अनुरोध गरेका बीबीसीले जनाएको छ । तर कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले उपचार गर्दा सर्वसाधारणलाई पनि सर्ने जोखिम भने बढेको छ ।

बेल्जियमको पूर्वी शहरमा अहिले ३ मध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । अस्पतालहरुले बिरामी अन्तै पठाउनेदेखि पछि गर्दा हुने शल्यक्रिया सार्न थालेका खबरमा उल्लेख छ ।

प्रकाशित:
2020/10/27, 7:30