टर्की र ग्रिसको टापुमा शक्तिशाली भूकम्प,२२ जनाको ज्यान गयो

turkey
सुदूर प्रेस संवाददाता

एजेन्सी–टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ ।  टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ। 

तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ। 

भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको छ ।

प्रकाशित:
2020/10/31, 8:10