काँग्रेस अछामका महाधिवेशन प्रतिनिधि एवं पूर्व क्षेत्रीय सभापति बुढाको निधन

DEATH
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाली काँग्रेस अछाम क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि एवं पूर्व क्षेत्रीय सभापति प्रेम बहादुर बुढाको निधन भएको छ । अछाम रामारोसन गाउँपालिका स्थित निवासमै शुक्रवार ६१ वर्षको उमेरमा उनको निधन भएको हो । उनी झन्डै ७ वर्ष देखि प्यारालाइसिस समस्या बाट ग्रसित थिए । हाल अमेरिकामा रहेका नेपाली कांगेश अछामका युवा नेता लक्ष्मण खडकाले बुढाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रतिकुल अवस्थामा पनि लोकतन्त्र र नेपाली काँग्रेसको सिद्धान्तबाट विचलित नभई सङ्गठन  विस्तार गर्न पुर्‍याएको योगदानको स्मरण गरेका छन् । 

प्रकाशित:
2020/11/14, 6:10