सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कोरोना सङ्क्रमण मुक्त

mantri
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सोमबार कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सोमबार साँझबाट कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मङ्सिर १ गते कोरोना पुष्टि भएको थियो ।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई उनले  धन्यवाद समेत दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित:
2020/11/23, 9:11