इप्रका मालाखेतीका डिएसपी जिल्ला तानिए, इन्स्पेक्टर चन्दलाई जिम्मेवारी दिइयो

police
जिल्ला तानिएका डिएसपी भरतबहादुर चौधरी
सुदूर प्रेस संवाददाता

धनगढी–इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी जिल्ला तानिएका छन्।

उनको ठाउँमा तत्कालका लागी इलाका प्रहरी कार्यालय सुख्खडमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमेश चन्दलाई निमित्त जिम्मेवारी दिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

त्यहाँ कार्यरत प्रहरी निरीक्षक तालीममा गएका कारण उनलाई जिम्मा दिइएको उनले बताए । 

प्रहरी युनिटलाई कुनै जानकारीबिना सम्पर्कविहीन भएका चौधरीलाई जिल्ला झिकाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।

पूर्व–जानकारी नदिएर के कति कारणले सम्पर्कविहीन बनेका हुन् भन्ने विषयमा सोधपुछका लागि जिल्ला बोलाएको बताए। उनले आवश्यक कारबाहीका लागि माथिल्लो निकायलाई सिफारिस बताए। 

हिजो राति ९ बजेदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्दै गर्दा बुधवार बिहान बुढी तोलाको एक होटेलमा  फेला परेका थिए। 

चौधरीले सूचना सङ्कलनका क्रममा त्यहाँ गए पनि फोनको नेटवर्क नहुँदा सम्पर्क गर्न नसकिएको बताएका छन्।

घटना के भएको थियो  ?

मङ्गलवार राति ९ बजेर ५५ मिनेटमा पूर्व(पश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना३ख ५९४२ नम्बरको ट्रकले सु।प।प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो।

मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइकलमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए।

दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो। उनी सम्पर्कमा आएनन्। गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन्। इलाका प्रहरी कार्यालयका इन्चार्ज नै सम्पर्कविहीन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो।

डिएसपी नै सम्पर्कविहीन भएपछि कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली राति नै परिचालन गरियो।

स्रोतका अनुसार डिएसपी चौधरी आज बिहान बुढितोलाको एक होटेलमा युवतीसँग रंगेहात फेला परे। उनी मोटरसाइकलमै बुढी तोला गएको खुल्नमा आएको छ।   तर प्रहरीले भने युवति फेला नपरेको बताएको छ । 

प्रकाशित:
2020/11/25, 3:46