कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका कैदी बन्दीको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली कारागारमा आज एक जना कैदी बन्दीको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका घोडाघोडी नगरपालिका–५ बस्ने ६७ वर्षीय बुधराम डगौरा चौधरीको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको कारागार प्रमुख मान सिंह खडकाले जानकारी दिए ।

२०७३ असार ८ गते देखि थुनामा रहेका उनी लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रसित थिए ।

कारागार प्रशासनले थप उपचारका लागी काठमाडौँ पठाउने बताए पनि उनी र उनका परिवारले अस्वीकार गरेको कारागार प्रमुख खडकाले बताए ।

मृतकको शव पोस्टमार्टम लागी अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टम पछि दाहसंस्कारका लागी शव परिवार लाइ बुझाइने कारागार प्रशासनले जनाएको छ । 

प्रकाशित:
2020/11/27, 4:02