धनगढीमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

 धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना सङ्क्रमितको आज मृत्यु भएको  छ। 

बेलौरी नगरपालिका– ४ का ७६ वर्षीय कोरोना सङ्क्रमितको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचारत उनी  उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको उनले बताए । 

नेपाली सेनाले उनको अन्त्येष्टि गर्ने तयारी गरेको छ । 

प्रकाशित:
2020/11/30, 10:34