कञ्चनपुरमा भारत बाट अवैध रुपमा भित्र्याइएको २ लाख बढीको मिठाइ बरामद 

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा भारत बाट अवैध रुपमा भित्र्याइएको २ लाख भन्दा बढी मूल्य बराबरको मिठाइ प्रहरीले बरामद गरेको छ । 

बोर्डर आउट पोस्ट गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक पदम सिंह भण्डारीको कमान्डमा खटिएको सीमा तथा मोबाइल गस्ती टोलीले भिमदत्त नगरपालिका– १० भुजेला सीमा इलाकाबाट २ लाख १६ हजार मूल्य बराबरको पेठा मिठाई बरामद गरेको हो । 

बरामद गरिएको मिठाई भन्सार कार्यालय गड्डाचौकी बुझाइएको नं.३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर ले जानकारी दिए । 

 

प्रकाशित:
2020/12/04, 7:47