ब्रेक फेल हुँदा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाडौँ–थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान खुलिसकेको छैन ।

घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

प्रकाशित:
2020/12/11, 8:27