कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा गए राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  अत्तरियाबाट धनगढी आउने क्रममा गोदावरी नगरपालिका–१ मा शुक्रवार राति से ३ प ३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।  मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका अन्दाजी २२ वर्षीय जगत चौधरी रहेका छन्।

चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

प्रकाशित:
2021/03/06, 8:03