कैलालीमा बस दुर्घटना, १ को मृत्यु, २९ जना घाइते

Accident
सुदूर प्रेस संवाददाता

धनगढी — कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर एक जनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनका अनुसार तीव्र गतिमा रहेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस अगाडि रहेको अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रकाशित:
2021/03/22, 7:32