यस्तो छ आजको मौसम

wether
सुदूर प्रेस संवाददाता

धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। 

महाशाखाका अनुसार अहिले चक्रवात ‘यास्’ पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसममा रहेको छ। जसका कारण शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भीषण वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

प्रकाशित:
2021/05/29, 6:30