कांग्रेस नेतृ आरजुद्वारा धनगढीका दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर र स्वास्थ्य सामाग्री प्रदान

saman
सुदूर प्रेस संवाददाता

धनगढी– नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद डा. आरजु राणा देउवाले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सनट्रेटर तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । 
डा. राणाको आर्थिक सहयोगमा मंगलबार धनगढी उपमहानगरपालिका–१६ मा रहेको उर्मा स्वास्थ्य चौकी र धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलबारी स्वास्थ्य चौकीमा एक/एक थान अक्सिजन कन्सनट्रेटर प्रदान प्रदान गरीएको हो ।  कन्सनट्रेटर सँगै  उहाँले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गर्न भएको  हो । डा. राणा बाट प्राप्त कन्सनट्रेटर र स्वास्थ्य सामाग्रीले आपत्कालीन अवस्थामा अक्सिजन कम भएका बिरामीको उपचारमा  सहयोग पुग्ने फूलबारी स्वास्थ्य केन्द्रमा कार्यरत अधिकृत सुलोचना अधिकारीले बताउनुभयो । 

यस अघि पनि डा. आरजु राणा देउवाले कोरोनाको उच्च जोखिममा बिरामीलाई समस्या परिरहेको जानकारी पाएपछि तत्काल सेती प्रादेशिक अस्पताल लाई दुई थान अक्सिजन कन्सनट्रेटर प्रदान गर्नु भएको थियो । उहाँले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग पनि गर्नु भएको थियो । 

प्रकाशित:
2021/06/15, 7:52