नेपाल लाइफ इन्स्योरेन्सद्वारा सुदूरपश्चिममै पहिलो पटक १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी

bima
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले एक जना बिमितका परिवार लाई १ करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुधवार धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बिमित नारायण लम्सालका परिवार लाई उक्त रकम हस्तान्तरण गरेको हो ।  सुदूरपश्चिममै पहिलो पटक  यति ठुलो रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।  स्वर्गीय लम्सालकै घरमा पुगेर उहाँकी धर्मपत्नी पुर्णमायाँ आर्चाय लम्साल लाई १ करोड २४ लाख रुपैंया प्रदान गरिएको हो । नेपाल लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शैलेश श्रेष्ठ, धनगढीका शाखा प्रमुख धिरेन्द्र डाँगी,अभिकर्ता रक्षा महरा, धनगढी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष सीताराम रानाले स्वर्गीय लम्सालकी श्रीमतीलाई चेक प्रदान गरेका थिए ।  ५० वर्षीय लम्सालको कोरोना सङ्क्रमणका कारण गत वैशाख १७ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । मृत्यु दाबी निवेदन दिएको तिन दिन भित्रै घरमै पुगेर रकम प्रदान गरेकोमा मृतकका परिवारले कम्पनीलाई धन्यबाद ब्यक्त गरेका थिए । 

प्रकाशित:
2021/06/16, 9:10