कञ्‍चनपुरमा निषेधाज्ञा १० दिन थपियो

kanchanpur
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कोरोना संक्रमण न्यूनिकरणका लागि जारी गरिएका निषेधाज्ञा १० दिन थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यसअघिकै निर्णयलाई निरन्तरता दिँदै साउन १७ सम्म निषेधज्ञा थप गर्ने निर्णय गरेको हो ।


जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अत्यावश्यक बाहेकका व्यापार व्यवसाय तथा पसलहरु बिहान ६ देखि साँझ ६ बजेसम्म खुला रहनेछन् । सार्वजनिक सवारी साधनहरु पनि बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।


जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो । संक्रमण दर कम हुन थालेपछि असार दोस्रो साताबाट निषेधाज्ञा खुकुलो पारिएको हो ।

हालसम्म कञ्चनपुरमा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमणबाट मात्रै १७२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित:
2021/07/23, 6:30